चाडपर्व लक्षित बजार अनुगमनलाई प्रभावकारी बनाइ मूल्यवृद्धि नियन्त्रण गर्न आवश्यक : उपभोक्ताकर्मी

सरकारको बजार अनुगमन र नियमन कमजोर रहेको उपभोक्ता अधिकारीकर्मीहरुले बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले शुक्रबार सिंहदरबारमा बसेको बैठकमा बोल्दै उपभोक्ताकर्मीहरुले यस्तो बताएका हुन् । उनीहरुले सरकारले बजार अनुगमन र नियमन कमजोर हुँदा उपभोक्ताहरु मूल्यवृद्धिको मारमा परेको बताए ।

उपभोक्ता कर्मीहरुले सरकार बजारमा अस्वभाविक रुपमा हुने मूल्यवृद्धि रोक्नको लागि प्रभावकारी रुपमा बजार अनुगमन र नियमन नियमित रुपमा गर्न आवश्यक रहेको उल्लेख गरे । सरकारलाई बारम्बार सुझाव दिँदा पनि बजार अनुमगनलाई व्यवस्थित र नियमित गर्न नसकेको गुनासो गरे ।

राज्यका संयन्त्रहरुसँग बजार अनुगमनको लागि जनशक्ति र आवश्यक प्रविधि समेत नभएको भन्दै सरकारले सबैभन्दा पहिला तीनै तहमा जनशक्ति र प्रविधि व्यवस्था गर्न आवश्यक रहेको ध्यानाकर्षण गराए । उनीहरुले चाडपर्व नजिकिएसँगै बजार अनुमगनका कुरा चल्ने तर प्रभावकारी नहुने गरेको बताए ।

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले सरकारको बजार अनुगमन कमजोर रहेको बताए। उनले बजार अनुगमनको लागि सरकारका विभिन्न निकायहरुलाई सरकारले आवश्यक स्रोत साधन उपलब्ध गराउन सक्नु पर्ने बताए । चाडपर्वहरु नजिक आउने लागेको भन्दै विचौलीयाहरुले सकटलाई अवसरको रुपमा लिने गरेको बताए ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले समग्र बजारमा हरेक वस्तुको ३० प्रतिशतसम्म मूल्यवृद्धि भएको बताए ।  उनले बजारमा मूल्यवृद्धिको कारण उपभोक्ता मारमा पर्दा समेत राज्यको बजार अनुगमन तथा नियमन कमजोर रहेको बताए ।  उनले चाडपर्वको समयमा विचौलीयाहरुले वस्तु अभाव भन्दै संकटलाई अवसरको रुपमा लिएर उपभोक्ताहरुलाई ठगी गर्ने काम गर्ने गरेको बताए । अध्यक्ष महर्जनले सरकारले चाडपर्वको लागि दैनिक उपभोग्य वस्तुको अभाव हुन दिन नहुने बताए ।

उनले सरकारले शून्य भन्सार मूल्यमा चीन र चामल ल्याउने वातावरण मिलाउनु पर्ने बताए । उनले मून्य भन्सारमा चीन ल्याउन सके चाडपर्वमा उपभोक्ताहरुले सहुलियत मूल्यमा उपभोग गर्न पाउने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर