सशस्त्रका एसपी बिरिसिंह साहुविरुद्ध भ्रष्टाचार मुद्दा

सशस्त्र प्रहरी बलका एसपी वीरसिंह साहुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

शैक्षिक प्रमाणपत्र नक्कली भएको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४३ रिजर्भ गण हेडक्वाटर बनबेहडा, कैलालीका तत्कालीन सशस्त्र प्रहरी उपरीक्षक साहुले सशस्त्र प्रहरी बलको प्रहरी निरीक्षक पदमा बढुवा नियुक्तिको लागि पेश गरेको वीए तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भेटिएको हो ।

आयोगले सशस्त्र प्रहरी निरीक्षक पदमा नियुक्त हुन डा राममनोहर लोहिया अबध विश्वविद्यालय, फैजाबादबाट साहुका नाममा जारी भएको शैक्षिक प्रमाणपत्र नक्कली फेला पारेको हो । साहुले डेढ महिनाअघि मात्र राजीनामा दिएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *