भारतीय पर्यटक बोकेको बस मर्स्याङ्दी नदीमा खस्यो, उद्धार कार्य जारी

तनहुँको आँबुखैरेनीस्थित ऐना पहारामा भारतीय पर्यटक बोकेको बस मर्स्याङ्दी नदीमा खसेको छ ।

पोखरादेखि काठमाडौँका लागि छुटेको युपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी गौतमका अनुसार अहिले घटनास्थलबाट सेना प्रहरीले उद्धारको काम गरिरहेको छ ।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको कमान्डमा १० जना गोताखोरसहित ४५ जना र २३ नम्बर मनकामना गण भानु तनहुँबाट ३५ जनाको टोली उद्धारमा परिचालन गरिएको छ । घटनास्थल भिरालो र अप्ठ्यारो भएकाले उद्धारकर्ता डोरीको सहायताले बस भएको स्थानसम्म पुगेर उद्धारमा सक्रिय छन् ।

सो बसमा करिब ४० जना यात्रु थिए । दुर्घटनाको कारण खुलेको छैन । थप विवरण आउन बाँकी छ ।

विकसित भइरहेकाे समाचार

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर