काँग्रेस केन्द्रीय समितिको बैठक बस्दै

नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै छ । साउन २८ गतेबाट स्थगित भएको बैठक आज पुनः बस्न लागेको हो । बैठक आज बिहान ११ बजे बस्नेछ ।

गत साउन २३ गतेबाट सुरु भएको बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि नेताहरूले बोल्ने क्रम जारी छ ।

महामन्त्री गगन थापाले छलफलका लागि प्रस्तुत गरेका ११ एजेण्डाका अतिरिक्त परिमार्जनसहित पेश भएका महासमिति बैठकका प्रतिवेदन माथि पनि बैठकमा छलफल हुँदै आएको छ ।

उपसभापति पूर्णबहादुर खड्काले पेश गरेको नीति प्रतिवेदन, महामन्त्री गगन थापाले राखेको सांगठनिक र अर्का महामन्त्री विश्व प्रकाश शर्माले राखेको समसामयिक प्रतिवेदन माथि छलफल केन्द्रित हुने एक नेताले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर