१४२० किलो गाँजासहित दुई जना पक्राउ

धरान उपमहानगरपालिका १३ साराङगस्थित सडकबाट अवैध लागूऔषध गाँजा १४२० किलोग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मोरङ सुन्दरहरैचा नगरपालिका(७ गछिया बस्ने ३४ वर्षीय राज कुमार दाहाल र धनकुटा सहिदभुमी गाउँपालिका(७ बस्ने ४१ वर्षीय भुपेन्द्र राई रहेका छन् ।

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ जाँदै गरेको को १ ख ४७३३ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ४४ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी ट्रकमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर