प्रहरी महानिरीक्षक कुँवर र विभागीय तथा प्रदेश प्रहरी प्रमुखहरूबीच कार्यसम्पादन सम्झौता

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको उपस्थितिमा नेपाल प्रहरी कार्ययोजना २०८० र आर्थिक वर्ष २०८०/०८१ को कार्यसम्पादन सम्झौताको वार्षिक समीक्षा कार्यक्रम बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयमा सम्पन्न भएको छ ।

सोही अवसरमा प्रहरी महानिरीक्षक कुँवर र विभागीय प्रमुखहरूतथा प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूबीच आर्थिक वर्ष २०८१/०८२ को कार्यसम्पादन सम्झौतामा हस्ताक्षर समेत भएको छ । आर्थिक वर्ष २०८१र०८२ को कार्यसम्पादन सम्झौतामा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र प्रशासन विभाग प्रमुख, अपराध अनुसन्धान विभाग प्रमुख, प्रदेश समन्वय विभाग प्रमुख, कार्य विभाग प्रमुख, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक, केन्द्रीय अनुसन्धान ब्यूरो प्रमुख, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख, नेपाल प्रहरी अस्पतालका निमित्त मेडिकल डाइरेक्टरबीच हस्ताक्षर भएको हो ।

प्रहरी महानिरीक्षक कुँवर र लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख, कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख र सुदूरपश्‍चिम प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूबीच भर्चुअल माध्यमबाट हस्ताक्षर भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षककुँवरले नेपाल प्रहरीको आन्तरिक सुदृढिकरणलाई प्रमुख आधार विन्दु मान्दै तयार गरिएको नेपाल प्रहरी कार्ययोजनामा आधारित रहेर प्रहरी महानिरीक्षक र विभागीय प्रमुखहरू तथा काठमाडौं उपत्यका प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयबीच भएको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यसम्पादन सम्झौताकार्यान्वयन रकार्य विवरणको विश्लेषण गर्दा कार्य प्रगतिको अवस्था सन्तोषजनक रहेको तथा आज सम्पन्न भएको कार्यसम्झौताको लक्ष्य प्राप्ति गर्न शुरू समयदेखि नै सबैजना कटिबद्ध भएर लाग्नुपर्ने बताए ।मुलुकभर शान्ति सुव्यवस्था कायम राख्न, अपराध रोकथाम तथा नियन्त्रण गर्न विशिष्टिकृत तथा वैज्ञानिक अपराध अनुसन्धान क्षमता अभिवृद्धि एवम् व्यावसायिक सुदृढिकरणको माध्यमबाट प्रहरी सेवा प्रवाहको गुणस्तर वृद्धि गरी समग्र प्रहरी संगठनको दीर्घकालीन विकास र रूपान्तरण गर्न तथा उद्देश्य हासिल गर्नहाम्रो कार्य योजनामा रहेका सम्पूर्ण लक्ष्य प्राप्ति अत्यन्त जरूरी रहेको विचार व्यक्त गरे ।

हाम्रा लक्ष्य प्राप्तिका दौरानमा केही कठिनाईहरू उत्पन्न भएमा प्रहरी नेतृत्वबीच वृहत छलफल र विश्लेषण गरी समस्याको समाधान निकाल्न सदैव तत्पर रहनुपर्ने बताउँदै प्रहरी महानिरीक्षक कुँवरले भने, ‘लक्ष्यहरू निर्धारण गरेर जिम्मेवारीप्रति प्रतिबद्ध, नतिजामूखी, उत्तरदायी र जफावदेही बनाउँदै तोकिएको कार्य समयसीमाभित्र सम्पन्न गरी समग्र प्रहरीको कामकारबाहीको स्तर वृद्धि गर्न यस कार्यसम्पादन सम्झौता करार एक महत्वपूर्ण साधन हुनेमा विश्वस्त छु ।’

कार्यसम्पादन सम्झौतामा उल्लेख गरिएका कार्यहरूमा मात्र सीमित नभई यसका अतिरिक्त संगठनका वृहत्तर हित र प्रहरी कर्मचारीहरूको वृत्तिविकासको निमित्त अन्य नवीनतम र रचनात्मक कार्य गर्न समेत उनले निर्देशन दिए । वार्षिक समीक्षा कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गतका ५ वटै विभाग एवम् अन्वेषण योजना तथा विकास निर्देशनालय, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज, केन्द्रीय अनुसन्धान व्यूरो, नेपाल प्रहरी अस्पतालका प्रतिनिधिहरूले आ-आफ्नो प्रस्तुतीकरण गरे । प्रस्तुतीकरणमा कार्यसम्पादन सम्झौता अन्तर्गत पूर्ण सम्पन्न क्रियाकलापहरू, कार्यसम्पादन सम्झौता अन्तर्गत कार्यान्वयनमा रहेका क्रियाकलापहरू र संक्षिप्त कार्य प्रगति विवरण लगायतका विषय समेटिएका थिए ।

यसैगरी काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रतिनिधि र सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूले भर्चुअल माध्यमबाट आ-आफ्नो प्रस्तुतीकरण गरे । प्रस्तुतीकरणमा प्रभावकारी अपराध अनुसन्धान विवरण, शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन र सुधार, नागरिक केन्द्रित प्रहरी सेवा प्रवाहमा सुदृढिकरण, गुनासो व्यवस्थापन, अनुगमन तथा सुपरीवेक्षण लगायत कार्यसम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयनमा देखिएका समस्याहरू लगायतका विषयहरू समेटिएका थिए ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थितिको साथै ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुखहरू, प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरूका प्रमुखहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर