कांग्रेसको महिला विभाग र शुभेच्छुुक संस्था समन्वय विभागमा सदस्य थप

नेपाली काँग्रेसले दुई विभागमा सदस्य मनोनीत गरेको छ।  काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार महिला विभाग र शुभेच्छुक संस्था समन्वय विभागमा सदस्यहरू मनोनयन गरिएको हो ।

सभापति शेरबहादुर देउवाले नेपाली विभागअनुसार पार्टीका केन्द्रीय सदस्य पुष्पा भुसाल प्रमुख रहेको महिला विभाग र केन्द्रीय सदस्य अब्दुल सत्तार प्रमुख रहेको शुभेच्छुक संस्था समन्वय विभागमा सदस्यहरू मनोनीत गरेको उनले बताए ।

महिला विभागमा मनोनयन भएका सदस्यहरूमा रेणु प्रधान श्रेष्ठ-धनगढी, तुल्सा पन्त-झापा, कमला लामिछाने-गोरखा, झल विश्वकर्मा-काठमाडौँ, कविता इटानी-धादिङ, मिलन साह-महोत्तरी, आशा थापा मगर-तनहुँ, रामकुमारी थापा-सुर्खेत, देवका वेल्वासे-दाङ र डा. शशी थापा पण्डित-काठमाडौँ रहेका छन् ।

यस्तै शुभेच्छुक संस्था समन्वय विभागमा मनोनयन भएका सदस्यहरूमा राजु थापा-गोरखा, निर्मला क्षेत्री-अर्घाखाँची, आशिष खतिवडा-मोरङ, नरेन्द्र डी.सी.-रोल्पा, देवराज नेपाल-काठमाडौँ, मातृका शेर्पा-ताप्लेजुङ, सोनीकुमारी बम्जन-सर्लाही, रामदत्त जोशी-डडेल्धुरा, दिनेश सन्जयल-कालिकोट र लालमणि पाण्डे-कञ्चनपुर रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर