सहकारी ठगी प्रकरण

रवि लामिछाने र पूर्व डीआईजी जोशीलाई छानबिन समितिले बयानका लागि बोलायो

सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय विशेष समितिले भोलि रास्वपा सभापति तथा पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र उनका पूर्व सहकर्मीहरुलाई बयानका लागि बोलाएको छ।

लामिछानेलाई सुर्यदर्शन, सानोपाइला लगायत सहकारीको बचत रकम लामिछाने र गोर्खा मिडियामा गएको सन्दर्भमा सोधपुछका लागि बोलाइएको हो।

लामिछानेलाई गोरखा मिडिया नेटवर्कको प्रबन्ध निर्देशकको हैसियतमा बयानका लागि बोलाइएको समितिका सभापति सूर्य थापाले जानकारी दिए। उनलाई समितिले भोलि दिउँसो २ बजे बयानका लागि बोलाएको छ।

यस्तै नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी बन्जाडेसँग पनि बयान लिने भएको छ। सूर्यदर्शन, सानोपाइलालगायत सहकारीको बचत रकम लामिछाने र गोर्खा मिडियामा गएको सन्दर्भमा सोधपुछका लागि समितिले दुवैलाई बोलाएको छ।

छविलाल जीबी राईका व्यापारिक साझेदारसमेत हुन्। जोशीलाई गोरखा मिडिया नेटवर्कको सञ्चालककका हैसियतमा बयानका लागि बोलाइएको समितिका सभापति सूर्य थापाले बताए।

उनलाई समितिले भोलि बिहान ११ बजे बयानका लागि बोलाएको छ। गोरखा मिडिया नेटवर्कमा जीबी राई, रवि लामिछाने र छविलाल जोशी सञ्चालक थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *