प्रधानमन्त्री ओलीको प्रश्न- विश्वविद्यालयमा आफैँ अशान्ति गराउने अनि शान्ति भएन भन्ने ?

प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यालय तथा विश्वविद्यालयहरूमा अशान्ति नमच्चाउन आग्रह गरेका छन्।

बिहीवार प्रतिनिधिसभा बैठकमा सांसदहरूसँगको प्रश्नोत्तरमा बोल्दै प्रधानमन्त्री ओलीले विद्यालय तथा विश्वविद्यालयहरूमा अशान्ति नगर्न सरोकारवाला सबैलाई आग्रह गरेका हुन्।

शिक्षाको सम्बन्धमा शिक्षक, अभिभावक, विद्यार्थी र समाज नै जिम्मेवार हुने भन्दै सबै पक्षले आ-आफ्नो भूमिका निर्वाह गर्नुपर्ने उनकाे भनाइ थियाे। 

उनले विद्यालय क्षेत्र शान्ति क्षेत्र भएको भन्दै आफैँले अशान्ति गरेर शान्ति खोज्ने ? भनेर प्रतिप्रश्न समेत गरे।

उनले भने,’ ताला अरुले लाउन आउने त होइन। आफैँ ताला लाउने अनि पढाइ भएन भन्ने। शिक्षालय, विद्यालय भनेको शान्ति क्षेत्र हुनुपर्ने। विश्वविद्यालय, महाविद्यालयहरू शान्ति क्षेत्र हुनुपर्ने । ति ठाउँमा अशान्ति आफैँ गराउने अनि फेरी शान्ति भएन भन्ने ? त्यस खालका तरिकाहरू हरेकले छोड्नुपर्छ। र जिम्मेवार ढंगले शिक्षाको उन्नति कसरी हुनसक्छ ? शिक्षाका समस्या सबै मिलेर कसरी गर्न सकिन्छ ? यस कुरामा जिम्मेवारीबोधका साथ सबैले ध्यान दिन जरुरी छ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर