प्रहरी समायोजन समस्या समाधानका लागि कानुन संशोधन हुन्छ : गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले प्रदेशका प्रहरी समायोजन सहितका समस्या समाधानका लागि संघिय प्रहरी कानुन संसोधन हुने गरि नयाँ कानुननै बनाउन लागिएको बताएका छन् ।

सिराहा र धनुषामा आयोजना हुन लागेको विभिन्न कार्यक्रमहरूमा सहभागिताका लागि आएका गृहमन्त्री लेखकले जनकपुरधाम विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै नयाँ प्रहरी कानुन बनाउन मन्त्रालयबाट निर्णय गरी अर्थ मन्त्रालयमा पठाइसकिएको र विभिन्न मन्त्रालयको सहमति पछि संसदमा पेस हुने बताए।

प्रहरी सम्बन्धी संघीय ऐनमा परिमार्जन गरेर प्रहरीको समायोजन र प्रदेश प्रहरी गठन र समायोजनका कामहरू धमाधम हुने उनको दाबी छ । वर्तमान सरकार डेलिभरी गर्नकै लागि बनेकाले त्यसमा कुनै कम्प्रोमाईज नहुने र मुलुकमा शान्ति शुव्यवस्था र विधिको शासन कायम हुने उनको भनाइ छ।

राजनीतिक स्थिरता, आर्थिक गतिविधि बढाउन, सङ्घीय लोकतान्त्रिक व्यवस्था र समावेशिता सहितको संविधान र विधि बचाउन तथा सार्थक बनाउन वर्तमान सरकार अगाडि बढिरहेको र त्यसै अनुसारको कार्यसम्पादन भइरहेको उनको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर