नेपाली सेनाद्वारा शंकास्पद वस्तु निस्क्रिय
६ भदौ २०८१ ११:२३
नेपाली सेनाले शंकास्पद वस्तु निष्क्रिय पारेको छ।
चन्द्रागिरी नगरपालिका वडा नम्वर १२ बलम्बु स्थित वडा कार्यालय नजिक स्थानीयको घरमा फेला पारेको सो बस्तु सेनाले निस्क्रिय पारेको हो ।
शंकास्पद वस्तु फेला पारेको खबर लगत्तै नेपाली सेनाको बम डिष्पोजल टोली खटिएको थियो । उक्त वस्तुलाई सुरक्षित साथ निष्क्रिय पारिएको नेपाली सेनाले जनाएको छ ।
प्रतिक्रिया