सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुज नकर्मी कारागार चलान

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व सचिवसमेत रहेका अनुज नकर्मी पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

भदौ २ गते काठमाडौँको दक्षिणकालीबाट पक्राउ परेका नकर्मीलाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश गरेको हो ।

जिल्ला अदालत कास्कीका न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले नकर्मीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । दक्षिणकालीबाट पक्राउ परेका ४८ वर्षीय नकर्मीलाई आइतबार कास्की अदालतमा उपस्थित गराइएको थियो ।

गितेन्द्रबाबु (जीवी) राईको नेतृत्वमा खुलेको पोखराको सूर्यदर्शन सहकारीबाट जीवीसहित १ अर्ब ३५ करोड रुपैयाँ ठगी भएको उल्लेख गरिए पनि सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा दर्ता गरेको मुद्दामा १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो रकम जाहेरीवालालाई दिलाउन माग गरिएको छ । ८ देखि १० वर्ष कैद सजायको माग गरिएको छ ।

यो सहकारी ठगी प्रकरणमा पहिले १९ जनासहित अहिले पक्राउ पुर्जी जारी हुनेमा ४४ जना पुगेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर