स्टार्टअप बिजनेसलाई अघि बढाउन सरकार तत्पर छ : अर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्टार्टअप बिजनेसलाई अघि बढाउन सबै प्रकारको सहयोग उपलब्ध गराउन सरकार तत्पर रहेको बताएका छन् । बुधबार काठमाडौँमा स्टार्टअप नेसन, २०३० कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

अर्थमन्त्री पौडेलले सबै सृजनशील युवालाई स्टार्टअप बिजनेसका माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान दिन आग्रह गरे । उनले युवाहरूलाई देशभित्र भविष्य खोज्न, राष्ट्र निर्माणको वाहक बनेर देशभित्रै रहेर योगदान गर्नका लागि सबैसँग आग्रह गरे ।

अर्थमन्त्री पौडेलले विनियोजित बजेटलाई अधिकतम मात्रामा सही सदुपयोग गर्नका लागि  अग्रसर हुन आग्रह गरे । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व सम्हालेको छोटो समयमै जनतामा केही हुन्छ भन्ने आशा जागृत भएको जिकिर गरे । उनले अर्थतन्त्रका क्षेत्रमा रहेका समस्याहरू एक/एक गरेर केलाउँदै, समाधान गर्दै, उत्पादन वृद्धि, रोजगारी सिर्जना र समग्र मागको बिस्तार, व्यापार घाटाको अन्त्य लगायतका गतिविधिद्वारा अर्थतन्त्रलाई सबल बनाउने बताए ।

अर्थमन्त्री पौडेलले अर्थतन्त्रका केही सूचकहरु सकारात्मक बन्दै गएको पनि बताए ।

उनले भने, ‘सबै सृजनशील युवा युवतीहरूलाई स्टार्टअप बिजनेसका माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान दिन र देशभित्र भविष्य खोज्न, राष्ट्र निर्माणको वाहक बनेर देशभित्रै रहेर योगदान गर्नका लागि सबैसँग आग्रह गर्न चाहन्छु । स्टार्टअप बिजनेसलाई अघि बढाउने सन्दर्भमा आवश्यक पर्ने सबै प्रकारको सहयोग उपलब्ध गराउन सरकार तत्पर छ । यसका निमित्त सम्माननीय प्रधानमन्त्रीज्यूले हामी मन्त्रीलाई स्पष्ट दिशा निर्देश गर्नुभएको छ । सबै युवा युवतीहरूलाई देशभित्र रहेर उत्पादन र रोजगारीका नयाँ नयाँ अवसर सिर्जना गर्नका लागि सृजनशील ढंगले अघि बढ्न म आग्रह गर्न चाहन्छु ।’

अर्थमन्त्री पौडेलले स्टार्टअप उद्यममा सुरुमा सफलता भन्दा असफलता बढी हुने बताए । उनले स्टार्टअपका लागि आवश्यक कानुनी, संरचनागत प्रबन्ध समन्वयात्मक रूपमा अघि बढाए सफल बनाउने बताए । उनले सृजनाशील युवालाई उत्पादन, रोजगारीमा आबद्ध गर्नसके मात्रै देश समृद्ध बन्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर