संविधान संशोधनका लागि सबै दललाई साथ लिएर अघि बढ्छौं : देउवा

सत्तारुढ नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनका लागि सबै राजनीतिक दलहरुलाई साथमा लिएर अघि बढ्ने बताएका छन् । मंगलवार नेपाली काँग्रेसका नेता एवं समाजवादी चिन्तक स्व.प्रदीप गिरीको स्मृतिमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

लोकतन्त्रप्रति प्रतिवद्ध काँग्रेस र एमालेले संविधान संशोधनका लागि गरेको सहमती सबै दललाई साथमा लिएर अघि बढाउनका लागि भएको देउवाको भनाई छ । ठूलो दुई पार्टी बीचको संविधान संशोधन गर्ने सहमतीलाई अन्य दलहरुले आफ्नो खिलाफको रुपमा लिन नहुने पनि बताए ।

सभापति देउवाले संविधान संशोधनको क्रममा उपराष्ट्रपतिलाई नै राष्ट्रिय सभाको अध्यक्ष बनाउन सकिने विषयमा पनि अन्य दलको सहमती भए आफूहरुले सो विषयमा पनि संविधान संशोधन गरेर अघि बढन तयार रहेको बताए । सभापति देउवाले सबै पक्षसँग छलफल गरेर मात्रै आफूहरु अघि बढने पनि बताए ।

उनले भने, ‘बहुलवादमा आधारित प्रजातान्त्रिक समाजवाद उन्मुख सिद्धान्तको आधारमा हामी अघि बढिराखेका छौं । अहिले पनि संविधान संशोधनको विषयमा ओलीजी र मेरो बीचमा सहमती भएको हो । केही कुराहरु छन् । त्यसमा नौलो कुरा केही छैन हेर्नुस् । सबैसँग सल्लाह गरेर गर्ने कुरा हो । अव यो राष्ट्रिय सभाको अध्यक्ष को बन्ने ? यहि सहमती बन्छ भने उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने दुनियाँभरको चलन छ । यावत कुराहरुमा गर्ने गरेर अघि बढेका हुन । त्यसकारण यी विषयमा दुईटा पार्टीबीच सहमती भएको छ । यो दुई पार्टीबीचको सहमती कुनै पार्टीको खिलाफमा होइन । यो सहमतीमा अरु सबै पार्टीहरुलाई समेट्दै लैजाने हो ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर