शिक्षा र स्वास्थ्य महंगो भयो, सरकारको ध्यान जाओस् : शेखर कोईराला

नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले नेपालको शिक्षा महंगो भएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएक हुन् ।

उनले संविधानमा सहजै शिक्षा र स्वास्थ्य नि:शुल्क लेखेपनि कार्यान्वयन गर्न नसकेको बताए । उनले शिक्षा र स्वास्थ्य हुने खानेले मात्रै गर्ने हो भन्ने हिसावले अघि बढिरहेको भन्दै दु:ख व्यक्त गरे ।

उनले शिक्षा र स्वास्थ्यको महंगी हटाउनुपर्ने बताए । उनले सरकारी विद्यालयमा समेत अध्ययन गर्न नसक्ने अवस्था आइसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए । नेता कोईरालाले आफ्ना सन्तानलाई पढाउनसक्ने अवस्था नै नरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर