लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् ।

मंगलबार आचार्यले प्रदेशसभामा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल सकिएसँगै मत विभाजन गर्दा उनले ७० मत पाएका हुन् । उनको विपक्षमा ११ मत मात्र परेको सभामुख तुलाराम घर्ती मगरले जानकारी दिए ।आचार्य साउन ७ गते एमालेका २९ र कांग्रेसका २७ गरी ५६ प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । आज आचार्यलाई एमाले र कांग्रेससहित जसपा, लोसपा र नागरिक उन्मुक्ति पार्टीका सांसदले विश्वासको मत दिएका छन्।

विपक्षमा भने माओवादी र राष्ट्रिय जनमोर्चाका सांसदले मतदान गरेका छन् । यस्तै राप्रपाका सांसद भने तटस्थ बसेको सभामुखले जानकारी दिए । राप्रपाका ४ सांसद रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *