साफ यू–२० च्याम्पियनसिप : भुटानलाई हराउँदै भारत विजयी

साफ यू–२० च्याम्पियनसिप २०२४ अन्तर्गत सोमबार भारतले भुटानलाई पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा भारतले १–० को जित दर्ता गरेको हो । भारतका लागि मोनिरूल मोल्लले एकमात्र निर्णायक गोल गरे । उनले ३७औं मिनेटमा गोल गरेका थिए । यस जितसँगै भारतले समूहमा ३ अंक जोडेको छ ।

६ राष्ट्र सम्मिलित प्रतियोगितामा नेपाल समूह ए मा छ । समूह ए मा नेपाल सहित बंगलादेश र श्रीलंका रहेका छन् । समुह बी मा भारत, माल्दिभ्स र भुटान रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर