देशका यी १० जिल्लाबाट १० जना मृत फेला, प्रहरी अनुसन्धान जारी 

देशका विभिन्न जिल्लाहरुबाट १० जना मृत फेला परेकाे नेपाल प्रहरीले जानकारी सार्वजनिक गरेकाे छ । प्रहरीका अनुसार यसरी मृत फेला पर्ने घटना एउटा हिमाली र पहाडी अनि ८ तराईका जिल्लाहरुमा भएकाे हाे । पढाैं यी मृत ब्यक्ति भेटिएका जिल्लामा भएकाे अपराध विवरण ।
सुनसरी
गढी गाउँपालिका ६ थलही टोल बस्ने ५० वर्षीय ज्ञानचन रिषिदेव सोही गाउँपालिका २ थालाहा पुल नजिक निर्माणाधिन घरको आँगनमा सोमबार बिहान मृत अवस्थामा फेला परेका छन् । सिमेन्टको रिंग र पिलर बनाउने व्यवसाय गर्ने उनी दैनिक उक्त स्थानमा काम गरी घर फर्कने गरेकोमा घर फर्की नआएपछि खोजी गर्ने क्रममा टाउको काटिएको अवस्थामा शव फेला परेको हो । घटनाको विषयमा सोधपुछको लागि ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बारा- आदर्शकोतवाल गाउँपालिका-६ पटेर्वास्थित क्रिकेट ग्राउन्डमा सोही ठाउँ बस्ने ५५ वर्षीय दशरथ मुखिया आइतबार मृत अवस्थामा फेला परेका छन् ।
कैलाली- घोडाघोडी नगरपालिका-१ बस्ने ४६ वर्षीय सूर्य बहादुर शाही आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
प्युठान- माण्डवी गाउँपालिका-३ माण्डवी सामुदायिक वनमा सोही गाउँपालिका(३ आपचौर बस्ने ७८ वर्षीया टंकी देवी पुन मगर आइतबार मृत अवस्थामा फेला परेकी छिन् । गत असार २४ गते घरदेखि हराएकी उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।
ताप्लेजुङ- फुङलिङ नगरपालिका-११ फावाखोला घर भई मैवाखोला गाउँपालिका(३ साघुँ डेरा गरी बस्ने ३१ वर्षीय प्रकाश भट्टराई मैवाखोला गाउँपालिका-३ स्थित रमिते डाँडा जंगलमा गुँरासको रूखमुनी आइतबार मृत अवस्थामा फेला परेका छन् ।
संखुवासभा- खाँदबारी नगरपालिका-३ मानेभन्ज्याङ घर भई हाल पाँचखपन नगरपालिका-५ लिङलिङ बस्ने ६३ वर्षीय धन बहादुर दर्जी आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
रौतहट- यमुनामाई गाउँपालिका-३ राजपुरतुलसीस्थित सडकको छेउको खाल्टोको पानीमा सोही ठाउँ बस्ने ३० वर्षीय जोतिस मुखिया सोमबार मृत अवस्थामा फेला परेका छन् ।
पाँचथर- फिदिम नगरपालिका-७ थुङबुङवा बस्ने ६३ वर्षीय धन बहादुर लिम्बु सोही ठाउँस्थित भिरमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
दोलखा- तामाकोशी गाउँपालिका-१ भिरकोट, माझी गाउँ बस्ने ४५ वर्षीय प्रकाश खत्री सोही ठाउँस्थित भिरमा सोमबार मृत अवस्थामा फेला परेका छन् । गत साउन ३२ गते घरबाट हिँडेका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।
दाङ- तुलसीपुर उपमहानगरपालिका १ र शान्तिनगर गाउँपालिका ४ को सिमानामा पर्ने पातेटाकुरा खोलाको किनारामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *