सरकारले संवैधानिक अधिकार कमजोर पार्छ भन्ने हल्लाको पछि नलाग्नू : उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले सत्तारुढ गठबन्धनले संवैधानिक अधिकारलाई कमजोर पार्छ भन्ने हल्लाको पछाडि नलाग्न सबैलाई आग्रह गरेका छन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले कांग्रेस-एमाले गठबन्धन सरकारले संघीयता र समावेशितालाई कमजोर बनाउनका लागि संविधान संशोधन गर्ने सहमति गरेको आरोप लगाइरहेका बेला उपप्रधानमन्त्री सिंहले त्यस्तो हल्लाको पछि लाग्न नहुने बताएका हुन् ।

नेवाः सम्पर्क समूह, रामेछापले सोमवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सामान्य विवेक भएको नागरिकले पनि आफैँले लडेर ल्याएको संवैधानिक अधिकारलाई कांग्रेस-एमालेले कमजोर बनाउँछन् भन्दा नपत्याउने जिकिर गरे ।

जनतालाई अधिकार दिलाउनका लागि लडेको कांग्रेस-एमालेले सरकारमा जाँदाखेरी आफैँले लडेर ल्याएको अधिकारलाई कमजोर पार्ने भन्ने त हुनै नसक्ने उपप्रधानमन्त्री सिंहले तर्क थियो । उनले सत्तारुढ गठबन्धनले संविधान संशोधनको नारा जनताको अधिकारलाई कमजोर बनाउनका लगाएको भन्ने भनाईमा कुनै सत्यता नरहेको पनि बताए ।

उपप्रधानमन्त्री सिंहले भूकम्प र कोभिडका कारण थिलथिलो भएको मुलुकको आर्थिक गतिविधिलाई अघि बढाउन सरकार अघि बढिरहेको बताए ।

उनले भने,’यहाँ कस्तो भाष्य निर्माण गर्न खोजिएको छ भने संविधान संशोधन गरेर भएको अधिकार पनि यो सरकारले छिन्न लागेको हो कि भन्ने छ संविधान संशोधनको नारा लगाएर । त्यो बिल्कुल होइन । कुरा के हो भने तपाईहरु सबैलाई थाहा छ । २०४६ सालको आन्दोलन भन्नुस् । त्यो भन्दा अगाडिको हरेक आन्दोलन भन्नुस् । अहिले यो वर्तमान सरकारको जुन कम्पोजिशनमा काँग्रेस र एमाले छ । यो त दुवै पार्टीले जनतालाई अधिकार दिलाउनका लागि लडेको यो पार्टीले सरकारमा जाँदाखेरी आफैँले लडेर ल्याएको अधिकारलाई कमजोर पार्ने भन्ने त हुँदै हुँदैन । त्यसो भएको कारणले हामी सबैले सोच्ने विवेक हामीमा छ । त्यसलाई हामीले प्रयोग गर्नु पर्छ । हल्लाको पछाडि लागेर हामी कहीँ पनि पुग्नेवाला छैनौं भन्ने कुरामा पनि हामीले ध्यान दिनुपर्छ भन्ने मलाई लागेको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर