खेलाडी दबाबमा पर्दा फराकिलो जित सम्भव भएन : उर्जन श्रेष्ठ

नेपाली यु–२० टोलीका प्रशिक्षक उर्जन श्रेष्ठले श्रीलङ्का विरुद्ध धेरै अवसर सिर्जना गरे पनि दबाबमा परेर गोल गर्न नसक्दा फराकिलो जितबाट वञ्चित भएको बताएका छन्।

सात दोबाटोमा समूह ‘ए’ को खेलमा श्रीलङ्कासँग १–० को साँघुरो जितपछि उनले यो प्रतिक्रिया दिएका हुन। उनले आफ्ना खेलाडीले बक्समा धेरै अवसरहरू पनि सिर्जना गरे पनि दबाबमा परेर गोल गर्न असफल भएको उल्लेख गरे । सहज अवसरमा पनि आफ्ना स्ट्राइकर गोल गर्न असफल हुँदा फराकिलो जितबाट वञ्चित भएको उनको भनाइ छ ।यद्यपि, उनले आफ्ना खेलाडीले धेरै मेहनत गरेको पनि उल्लेख गरे।

उनले योजना र रणनीतिअनुरूप खेलाडीले प्रदर्शन गर्दा जित सम्भव भएको बताए ।  प्रशिक्षक श्रेष्ठले सुरुमै अग्रता लिएको भए खेलको नतिजा अर्कै हुनसक्ने आङ्कलन गरे। उनले टिमअनुसार खेलेको पनि उल्लेख गरे। अब आफूले अबको दुई दिनभित्र स्कोरिङमा काम गर्ने योजना सुनाए  ।

पराजित टोली श्रीलङ्काका प्रशिक्षक देवासगयमले आफ्ना खेलाडीमा अनुभवको कमी देखिएको प्रतिक्रिया दिए। उनले आफ्ना खेलाडीले धेरै राम्रो खेले पनि उनीहरूमा अनुभवको कमी देखिएको बताए ।अन्तिम समयमा धेरै खेल स्थान परिवर्तन भइरहँदा पनि आफूहरूका लागि कठिन भएको उनको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *