नेपाल एसबिआई बैंकद्वारा हलेसी महादेव मन्दिरलाई सहयोग

नेपाल एसबिआई बैंक लिमिटेडले खोटाङको हलेसी तुवाचुङ नगरपालिकास्थित हलेसी महादेव मन्दिरलाई आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत तिर्थालुहरूको सहजताका लागि मन्दिरलाई सहयोग गरेको हो ।

बैंकले एक कार्यक्रमको आयोजना गर्दै प्रबन्धक सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपक कुमार देले हलेसी महादेव मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष गजुरमान राईलाई औपचारिक रूपमा दुई लाख रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा बैंकका डीसीईओ तथा प्रमूख वित्तिय अधिकृत राजेश कुमार पंडा, प्रमुख जोखिम तथा अनुपालन अधिकृत विष्णुदेव यादव, प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल, प्रमुख व्यवसाय प्रबर्द्धन अधिकृत रितेश अर्याल र बैंक तथा समितिका अन्य वरिष्ठ पदाधिकारीहरू समेतको उपस्थिति रहेको । बैंकले समुदाय स्तरमा संस्कृति तथा सम्पदा संरक्षणको लागि समय समयमा यस्ता गतिविधिहरु गर्दै आइरहेकोे छ ।

हाल बैंकले एक सय शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र एक कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर