सरकारले बँदेलपछि रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणा गर्दै

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरी रापपत्रमा प्रकाशित गर्न लागेको बताए । आईतवार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा बोल्दै उनले कृषि हानिकारक वन्यजन्तुमा बँदेलको म्याद थप गरिएको पनि जानकारी दिए ।

सरकारले गत वर्ष समितिको निर्देशन अनुरुप एक वर्षको लागि बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको थियो । अहिले थप एक वर्ष म्याद थपिएको मन्त्री ठकुरीले बताए ।

मन्त्री ठकुरीले रातो बाँदरले किसानको खेतबारीमा आई बालीनाली वा धनजनको हानि–नोक्शानी पुर्याएकाले कृषि हानिकारक वन्यजन्तुमा बँदेलसँगै राखिएको बताए । मन्त्री ठकुरीले पूर्वाधार निर्माणमा वनको कारणले रोकियो भन्ने व्यापक गुनासो आएको भन्दै मन्त्रालयले अब सडक निर्माण,खानेपानी,जलविद्युत आयोजनामा वन मन्त्रालयले छिटो छरितोसँग काम गर्ने प्रयास गरिरहेको बताए ।

उनले मन्त्रालयले अब वनको कारणले आयोजनाहरुको काम अगाडि बढेन भन्ने गुनासो आउन नदिने गरी काम गरिरहेको बताए । उनले सरकाले जलवायु परिवर्तनको विषयमा गम्भिर भएर काम गरिरहेको बताए ।

उनले भने,‘पूर्वाधार निर्माणमा वनको कारणले रोकियो भन्ने व्यापक आरोपहरु आइरहेका छन् । अब सडक निर्माण,खानेपानी,जलविद्युत आयोजनामा वन मन्त्रालयले छिटो छरितोसँग काम गर्ने प्रयास गरिरहेका छौं । त्यही अनुसारको योजना अघि बढेको छ । मन्त्रालयले त्यो गुनासो आउन नदिने काम गर्दछ । जलवायु परिवर्तनको विषयमा गम्भिर रुपमा लागि रहेका छौं । आगामी कोपमा नेपालले प्रभावकारी उपस्थिति जनाएर नेपालले जलवायु परिवर्तनको प्रभावको असरबाट पाउने क्षतिपूर्तिलाई आवश्यक पहलका लागि डकुमेण्ट बनाउने काम गरिरहेका छौं । यो हामी गर्नेछौं । समितिको निर्देशन पूर्णरुपमा पालना गर्दै बदेललाई कृषि हानिकारक भनिएको थियो त्यसको म्याद थप्प गर्दै रातो बादरलाई कृषि हानिकारक वन्यजन्तुको रुपमा राखिएको कुरा जानकारी दिए ।’

मन्त्री ठकुरीले आगामी कोपमा नेपालको प्रभावकारी उपस्थिति जनाएर जलवायु परिवर्तनको प्रभावको असरबाट पाउनुपर्ने क्षतिपूर्तिका लागि आवश्यक डकुमेण्ट बनाउने काम गरिरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *