देशको लागि काम गरिरहेकाको अपमान गर्ने संगठित प्रयास भइरहेको छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले देशको लागि काम गरिरहेका व्यक्तिहरूलाई अपमान गर्न संगठित प्रयास भइरहेको बताएका छन् ।

पार्टी निकट खेलकुद महासंघको केन्द्रीय कमिटीको बैठकलाई ललितपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश विकासमा योगदान नै नभएका केही व्यक्तिहरूले देशको लागि काम गरिरहेका व्यक्तिहरूलाई अपमान गर्न संगठित प्रयास गरिरहेको बताएका हुन ।

समाजलाई अनुशासित र गतिशील बनाउन खेलकुद महासंघले यस प्रकारका गतिविधिलाई चनाखो भएर हेर्न आवश्यक रहेको बताए।कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकार भ्रष्टाचार नियन्त्रणको लागि गठन भएको बताए । भ्रष्टाचार नियन्त्रणको नाममा सरकारले कुनै स्टन्टबाजी नगर्ने बताए । विगतको सरकारको जस्तो स्टन्टबाजी गरेर भ्रष्टाचार छोप्ने काम आफूले नगर्ने प्रधानमन्त्री ओलीले बताए ।

सरकारको प्राथमिकता भ्रष्टाचार नियन्त्रण गर्न खोज बिन गर्ने र कारबाही गर्ने रहेको बताए । भ्रष्टाचार विरुद्धको शून्य सहनशीलताको आफ्नो नीति समय क्रमसँगै देखिने पनि प्रधानमन्त्री ओलीले बताए ।आफूले शून्य सहनशीलताको नीति अवलम्बन गर्दा कसैलाई जोगाउने र कसैलाई फसाउने नीति नलिने स्पष्ट पारे।

प्रधानमन्त्री ओलीले सरकार कसैको विरुद्धमा नभएको बताए । कानुन विरुद्ध कसैले काम गरे सरकारले कदम चाल्ने स्पष्ट पारे। लोकतन्त्र अनियन्त्रित नहुने भन्दै प्रधानमन्त्री ओलीले अनुशासित समाजको लागि कानुन चाहिने बताए ।

प्रधानमन्त्री ओलीले सरकारले खेल क्षेत्रलाई महत्वको साथ हेरेको पनि बताए । सरकारले खेल क्षेत्रलाई आवश्यक सहयोग सबै उपलब्ध गराउने बताए । एक अर्को प्रसङ्गमा कीर्तिपुरको रङ्गशालामा आवश्यक पूर्वाधार तीन सय दिनभित्र निर्माण सम्पन्न गर्ने प्रतिवद्धता रहेको स्पष्ट पारे। उनले वर्तमान सरकार भ्रष्टाचार नियन्त्रण सुशासनका लागि बनेको भन्दै अनुहार हेरेर कसैलाई पक्ष/विपक्ष नगराउने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर