घुससहित पक्राउ परेका शैल्यशिखर नगरपालिकाका दुई कृषि प्राविधिकविरुद्ध मुद्दा दायर  

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुईजना कृषि प्राविधिकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

घुससहित पक्राउ परेका दार्चुलाको शैल्यशिखर नगरपालिकाका कृषि प्राविधिक अधिकृत मोहन सिंह धामी र कृषि नायव प्राविधिक सहायक अशोक सिंह धामीविरुद्ध मुद्दा दायर गरिएको हो ।

कृषि समूहको बिल भुक्तानी गर्दा कमिसन बापत सेवाग्राहीसँग घुस लिएको पुष्टि हुन आएकाले उनीहरूविरुद्ध मुद्दा दायर  गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

साउन १ गते  अख्तियारलेको टोलीले प्राविधिक अधिकृत मोहनसिंहबाट ४ लाख १२ हजार नगद र प्राविधिक सहायक अशोकको नाममा काटिएको दुई लाख ५५ हजार (दुई थान चेक)  ९ लाख १२ हजारसहित दुवैजनालाई नियन्त्रणमा लिएको थियो।

अनुसन्धानका क्रममा सेवाग्राहीबाट घुस लिएको पुष्टि हुन आएकाले उनीहरूलाई ९ हजार १२ लाख बिगो कायम गरी सजायको माग गरिएको अख्तियारले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *