सुडानमा अर्धसैनिक समूहले गरेको आक्रमणमा परी ८५ जनाको मृत्यु

सुडानमा अर्धसैनिक समूहले एक गाउँमाथि आक्रमण गर्दा कम्तिमा ८५ जनाको मृत्यु भएको छ।

सुडानको विदेश मन्त्रालयका अनुसार अर्धसैनिक र्यापिड सपोर्ट फोर्सले गरेको उक्त आक्रमणमा परी १५० जनाभन्दा बढी घाइते भएका छन्।

मन्त्रालयका अनुसार मृत्यु हुनेमा २४ जना बालबालिका र महिला रहेका छन्।

विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार गाउँमा लडाकु लुकेर बसेको भन्दै सेनाले आक्रमण गरेको बताइएको छ।

१८ महिनादेखि सुडानमा जारी युद्धले त्यहाँको अवस्था भयावह बन्दै गएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *