भारतका विदेश मामिला मन्त्रीको निमन्त्रणमा परराष्ट्रमन्त्री राणाको औपचारिक भ्रमण

भारतका विदेश मामिला मन्त्री डा. एस जयशंकरको निमन्त्रणमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको भ्रमणको कार्यक्रम सार्वजनिक भएको छ । भारतको विदेश मामिला मन्त्रालयले शनिवार प्रेस विज्ञप्ती मार्फत भ्रमणको तालिका सार्वजनिक गरेको हो ।

भारतले यो भ्रमण दुई देशबीच रहेको नियमित परम्परा अन्तरगत हुन थालेको जनाएको छ । भारतले आफ्नो छिमेकी पहिलो नीति अनुसार नेपाललाई प्राथमिकतामा राखेको समेत विज्ञप्तीमा उल्लेख छ ।

भारतसँग सम्बन्ध बिस्तार र सहकार्य एउटा मेसोमा अघि बढनेक्रममा रहेका समय परराष्ट्रमन्त्री राणाको भ्रमण हुन थालेको छ । व्यापार बिस्तार, राष्ट्रिय सुरक्षा,  अन्तरदेशिय अपराध, जलवायु परिवर्तनका समान मुद्दा, दुई देशका नागरिकको सुविधा र सीमा लगायतका विषयमा भारतले चाहेको गंभिर छलफल हो । परराष्ट्रमन्त्री राणाको भ्रमणमा आफ्ना समकक्षीसँग यही विषयमा छद्यफल केन्द्रीत रहने अनुमान गरिएकाे छ ।

दुई देशबीच रहेका संयन्त्रहरुकाे कार्य समिक्षा र उनीहरुलाई कसरी अघि बढाउने भन्ने विषय छलफलकाे अर्काे एजेण्डा हुनसक्ने अनुमान गरिएकाे छ ।

भारतका विदेश सचिव विक्रम मिस्रीकाे भ्रमण लगत्तै परराष्ट्रमन्त्री राणा भारत जान लागेकी हुन् । विदेश सचिव मिस्रीले २७-२८ साउनमा नेपाल भ्रमण गरेका थिए । उनले राष्ट्रपति प्रधानमन्त्री मुख्य पाेर्टफाेलियाेका मन्त्रीहरु र दलका नेताहरुसँग भेटघाट गरेका थिए ।

परराष्ट्रमन्त्री राणाको भ्रमणमा उच्चस्तरीय भेटघाट समेत हुनेछ । यसको तालिका भने विज्ञप्तीमा सार्वजनिक गरिएको छैन् ।

उनी भदौ २ देखि ६ गतेसम्म भारतको पाँचदिने भ्रमणमा जान लागेकी हुन्। यी पाँचदिनमा उनलेगर्ने भेटघाट र भुमिका दुबै देशमा महत्वका साथ हेरिएको छ ।

उनी नेतृत्वको प्रतिनिधिमण्डललाई भारत भ्रमणमा जान बिहीबारको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर