भारतले आयाेजना गर्ने ग्लाेवल साउथ समिटमा प्रधानमन्त्री ओली सहभागी हुने

भारत सरकारको आयोजनामा हुने ग्लोबल साउथ समिट यो वर्ष पनि हुने भएको छ । आ–आफ्ना विचार तथा प्राथमिकता एक अर्कासँग साटासाट गर्न भारत सरकारले उक्त समिटको आयोजना गर्दै आएको छ ।

ग्लोबल साउथ समिट २०२४ मा विभिन्न देशका सरकार प्रमुखहरूसँगै नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने भएका छन् ।

भारतले यसअघि २८–२९ पुस ०७९ मा भर्चुअल ढाँचामै पहिलोपटक भ्वाइस अफ ग्लोबल साउथ समिटको आयोजना गरेको थियो। भारतको नवीनतम पहलले साझा मञ्चमार्फत आ–आफ्ना विचार तथा प्राथमिकता एक(अर्कासँग साटासाट गर्न ग्लोबल साउथका १२५ राष्ट्रलाई एकै ठाउँमा ल्याएको थियो।

जी–२० को अध्यक्षता अवधिभर, भारतले ग्लोबल साउथका सरोकारहरूलाई समयमै सम्बोधन गर्ने र जल्दोबल्दो विश्वव्यापी चुनौतीको समाधान खोज्ने क्रममा ग्लोबल साउथका प्राथमिकतालाई ध्यानमा राख्नेतर्फ काम गर्ने गरेको छ। विश्वव्यापी विकासका कारण देखा परेका चुनौतीका विषयमा पनि बैठकमा छलफल हुने हुन्छ। अझ बढी समावेशी, प्रतिनिधिमूलक र प्रगतिशील विश्व व्यवस्था होस् भन्ने हाम्रो साझा आकांक्षालाई पूरा गर्न आवश्यक तरिकाउपर छलफल गर्न यो शिखर सम्मेलनले एउटा मञ्चको रूपमा काम गर्नेछ।

भ्वाइस अफ ग्लोबल साउथ समिटमा विभिन्न सत्रमा विभाजन गरिनेछ। उद्घाटन र समापन सत्र राष्ट्र प्रमुख-सरकार तहमा हुनेछ भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसको सञ्चालन गर्नेछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *