मेलम्ची खानेपानी भरपर्दो छैन, ‘रेन वाटर होर्भेटिङ’ शुरु गरौं : ईश्वर पोखरेल

सत्तारुढ नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौंवासीका लागि मेलम्चीको पानीको भरपर्दो नभएको टिप्पणी गरेका छन् ।

क्रवार काठमाडौंमा आयोजित ‘काठमाडौं शहरीकरणः वर्तमान प्रवृत्ति, योजना र लगानी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । वरिष्ठ उपाध्यक्ष पोखरेलले मेलम्ची खानेपानीको मुहान भत्किएर फेरि पानी नआउने अवस्था आएको उल्लेख गर्दै अब त्यसको विकल्पको रुपमा रेन वाटर होर्भेटिङको काम अघि बढाउनुपर्ने प्रश्ताव समेत गरे ।

मेलम्चीको पानी ल्याउने कुराले काठमाडौंवासीको भाग्य र भविष्यमाथि खेलबाड गरियो भन्ने आफूलाई ग्लानी हुने गरेको भन्दै उनले अव त्यसमा भर परेर बस्न नसकिने बताए । वरिष्ठ उपाध्यक्ष पोखरेलले काठमाडौं उपत्यकाको विकासका लागि भूउपयोग नीतिको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने आवश्यकता पनि औंल्याए ।

भूउपयोग नीति प्रभावकारी ढंगले लाग्नु नभई काठमाडौं उपत्यकाको विकास नहुने उनको जिकिर थियो । वरिष्ठ उपाध्यक्ष पोखरेलले विकासको नाममा जथाभावी नगर्न पनि सम्बन्धित पक्षलाई सचेत गराए ।

उनले भने– ‘मेलम्चीको पानी आयो भनेर खोल्यौं । आयो पनि पानी । तर जसरी आएको छ । आज हेर्नुस् –कहाँ, के भत्केर अव नआउने स्थिति छ । कति समय लाग्ने हो ? त्यो बनाउन । त्यसको त राम्रो इन्जिनियरिङ नै भएको रहेनछ भनेर पनि हामीले सुन्नुप¥यो । त्यस्तो ढंगले हाम्रो भाग्य र भविष्यमाथि खेलबाड गरियो त होइन भन्ने लाग्छ । त्यसकारण रेन वाटर होर्भेटिङको कुरा कुरा पनि यो एकीकृत विकासका लागि आवश्यक हो । संसारमा विभिन्न मुलुकमा यस खालका अभ्यासहरु छन् । यहाँ अर्काे एउटा भूउपयोगको नीति यदि ठिक ढंगले लागू नहुने होभने यो काठमाडौंको विकासका कुराहरु हुन सक्दैन । भूउपयोग नीति प्रभावकारी ढंगले लागू हुनुपर्दछ । बस्ती बसाउने कहाँ, खेतीपाती गर्ने कहाँ, बजार बसाउने कहाँ ? संसारको विभिन्न मुलुकहरुमा हुन्छ । हाम्रोमा किन नहुने ? हामीले त्यो गरिरहेका छैनौं । यसमा बिग्रिरहेको छ । जहाँ, जसलाई जे मन लाग्यो, त्यो गर्ने स्थिति छ । यसलाई नियन्त्रण गर्नपर्छ कि पर्दैन ? यो नियन्त्रण गर्नुपर्छ ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले भूउपयोग नीति लागू नहुँदा काठमाडौं उपत्यकाको विकासका काम सही दिशामा अघि बढ्न नसकेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *