सरकारले वैदेशिक रोजगार ऐनलाई समयसापेक्ष बनाउनु पर्छ : अध्यक्ष भण्डारी

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले श्रम ऐनलाई समयसापेक्ष र व्यवसायीमैत्री बनाउनुपर्ने बताएका छन् ।

शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै अध्यक्ष भण्डारीले यस्तो बताएका हुन् । उनले नेपालको श्रम ऐन पुरानो भएको भन्दै सरकारले श्रम ऐन संशोधन गरी वर्तमान समय सापेक्ष बनाउन माग गरे । उनले ऐन लामो समयसम्म परिमार्जन नगर्दा व्यवसायीहरुलाई समस्या परेको बताए । उनले वैदेशिक रोजगार ऐन श्रमिक र व्यवासायीमैत्री हुनुपर्ने उल्लेख गरे । उनले वैदेशिक रोजगार ऐन व्यवसायलाई नियन्त्रण गर्ने किसिमको रहेको भन्दै तत्काल संशोधन गर्न माग गरे ।

उनले भने,‘नेपालबाट खाडी मुलुकमा महिलाहरु गइरहेका छन् । तर सरकारले खाडी मुलुकमा महिला कामदार पठाउन प्रतिवद्ध गरेका छौं । नेपाली महिलाहरु खाडी मुलुकमा ५० हजार बढी संख्यामा रहेका छन् । नेपाली महिलाहरु तेस्रो मुलुकबाट वा भिजिट भिसामा गएका छन् । सरकारले त्यसलाई पूर्णरुपमा बन्द गर्नुपर्छ । सरकारले प्रतिबन्द गर्ने तर श्रमिकहरु पुगेका छन् । सरकारले त्यसको विकल्प खोज्नुपर्छ । विकल्पमा संस्थागत रुपमा संस्थालाई जिम्मेवारी बनाएर पठाउनुपरो । हाइन भने रोक्नुपर्छ । मेनपावर व्यवसायीमार्फत गयो भन्ने भ्रम फैल्याइएको छ । महिला कामदार खाडी मुलुकमा पठाउन संस्थागत रुपमा खोल्नुपर्छ । कित सरकारले पूर्ण रुपमा बन्द गर्नु आवश्यक छ । वैदेशिक रोजगार ऐन २०६४मा बनायौँ । ऐन लामो समयसम्म परिमार्जन नगर्दा व्यवसायीहरुलाई समस्या परेको छ । वैदेशिक रोजगार ऐन श्रमिक र व्यवासायीमैत्री हुनुपर्छ । यो ऐन व्यवसायलाई नियन्त्रण गर्ने किसिमको छ ।’

उनले नेपालबाट खाडी मुलुकमा महिलाहरु गइरहेको भन्दै अब सरकारले संस्थागत रुपमा खोल्ने वा पूर्णरुपमा बन्द गर्न माग गरे । उनले सरकारले खाडी मुलुकमा महिला कामदार पठाउन प्रतिवन्ध गरेपनि ५० हजार बढी सख्यामा महिलाहरु र तेस्रो मुलुकबाट वा भिजिट भिसामा गएको बताए । उनले सरकारले त्यसको विकल्प खोज्न आवश्यक रहेको भन्दै संस्थागत रुपमा पठाउन दिन आवश्यक रहेको बताए । उनले सरकारले व्यवसायीहरुलाई शुल्क निर्धारण गर्न माग गरे । उनले सरकारले अनिवार्य मागपत्र प्रमाणिकरण तत्काल गर्नु आवश्यक रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *