सरकारले काभा महिला भलिबलमा सहभागी १४ खेलाडीलाई जनही तीन लाख दिने

सरकारले काभा महिला राष्ट्रिय भलिबल लिगमा उपविजेता बनेका नेपाली खेलाडीहरूलाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौंमा भएको उक्त प्रतियोगितामा नेपालका तर्फबाट खेल्ने १४ जना खेलाडीहरूलाई जनही ३ लाख रुपैयाँका दरले पुरस्कार तथा सम्मान प्रदान गर्ने निर्णय गरेको हो ।सरकारले राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ को नियम २८ बमोजिम काभा महिला राष्ट्रिय भलिबल लिगमा नेपालको तर्फबाट सहभागी खेलाडी १४ जनालाई जनही ३ लाख रुपैयाँले पुरस्कृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

उनका अनुसार नेपाली टोलीका मुख्य प्रशिक्षक १ जनालाई दुई लाख, व्यवस्थापक , प्रशिक्षक र फिजियो गरी तीन जनालाई जनही १ लाख २० हजार रुपैयाँका दरले पुरस्कार तथा सम्मान वितरण गर्ने निर्णय भएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *