अमेरिकाले नेपाली सेनालाई नयाँ हेलिकोप्टर किन्न सहयोग गर्ने

अमेरिकाका तर्फबाट नेपाली सेनालाई विपद् प्रतिकार्य प्रयोजनार्थ थप नयाँ हेलिकोप्टर खरिदका लागि सहयोगको प्रतिबद्धता आएको छ ।

आफ्नो नेपाल भ्रमणका दौरान व्यवस्थापन तथा स्रोतसम्बन्धी अमेरिकी उपविदेशमन्त्री रिचार्ड वर्माले सेनालाई नयाँ हेलिकोप्टर खरिदका लागि सहयोग गर्न अमेरिका सहमत रहेको बताएका हुन् ।

शुक्रबार बिहान नेपालको एकदिने भ्रमणमा आएका उपविदेशमन्त्री वर्माले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवासँग भेटवार्ता गरे ।

यस्तै उनले एमसीसी नेपाल कम्प्याक्टको उपलब्धिका बारेमा कुरा गर्न मिलेनियम च्यालेन्ज अकाउन्ट नेपालका अधिकारीहरूसँग पनि भेट गरे ।

त्यस्तै यूएसएआईडी नेपालको साझेदार नेपाल टी कलेक्टिभ टोलीसँग ठमेलमा स्वादिष्ट चिया पिउनुका साथै महिला उद्यमीहरूसँग पनि कुराकानी गरे ।

उपविदेशमन्त्री वर्मा शनिबार भारत जाने छन् । उनी भारतमा अगस्त २२ गतेसम्म रहने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *