अपडेट : सोलुखुम्बुकाे थामे गाउँमा बाढीले तीन घर बगायो

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५, थामे गाउँमा आज दिँउसो आएको भीषण बाढीले तीनवटा घर बगाएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार दिउँसो २ बजे भोटेकोशीको बहाव बढेर थामे क्षेत्रका तीनवटा घर बगाएको हो । यस्तै १ वटा छात्रावास र ४/५ वटा घर जोखिममा रहेको र हालसम्म मानवीय क्षति नभएको बुझिएको कार्यालयले जनाएको छ ।

बाढीपछि इलाका प्रहरी कार्यालय थाम्बुचे र इलाका प्रहरी कार्यालय नाम्चेबाट प्रहरी टोली खटिएको छ ।

यता नेपाली सेनाले उद्धार टोली परिचालन गरेर सो क्षेत्रबाट ६ जनाको उद्धार गरेको छ । बाढीमा परी १५ देखि २० घर पुरिएको बुझिएको सेनाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *