डोटीमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते

डोटीमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।  दिपायल सिलगढी नगरपालिका–४ समूहगाडमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका हुन् ।

धनगढीबाट दिपायलतर्फ आइरहेको शैलेश्वरी यातायातको ना५ख ४४५१ नम्बरको बस आज बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भीमलाल भट्टराईले जानकारी दिए ।

दुर्घटनामा घाइते भएकाहरूको राजपुरस्थित सुजङ अस्पतालमा उपचार भइरहेको छ । बस सडकबाट करिब ३५ मिटर तल खसेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *