कांग्रेस एक हप्ताभित्र प्रदेश सरकारमा सहभागी हुन्छ : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कोशी प्रदेश सरकारमा नेपाली कांग्रेस आगामी एक हप्ताभित्र सहभागी हुने बताएका छन्।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकार विस्तार सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भइरहेको जानकारी दिए।

नेता कोइरलाले भने, ‘हाम्रा कारणले प्रदेश सरकार विस्तार हुन नसकेको आरोप गलत हो।’ उनले विगत एक वर्षदेखि आफूले एमाले र कांग्रेसबीच गठबन्धन हुनुपर्छ भनेका यो सरकारलाई भत्काउने कार्य आफूबाट कुनै हालतमा नहुने बताए।

नेता कोइरालाले राजनीतिक स्थायित्वका लागि वर्तमान गठबन्धन आवश्यक भएको विचार राखे। उनले संविधानमा लेखिएअनुसार समावेशी समानुपातिक कायम राखी संविधानमा सुधार गरी निर्वाचन प्रणाली संशोधन गरी बहुमतको सरकार निर्माण हुनेतर्फ अगाडि बढ्नुपर्नेमा जोड दिए।

फरक प्रसंगमा उनले आगामी १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवार आफू हुने जानकारी दिँदै तोकिएकै समयमा महाधिवेशन हुनुपर्ने धारणा राखे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *