प्रचण्ड भन्छन्- जनार्दनले पार्टी फुटाउँछ भन्ने हल्ला गलत हो (भिडियो)

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी फुट्ने कुरा निराधार रहेको बताएका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टी फुट्ने कुरा निराधार रहेको र लामो समयदेखि हल्ला फिँजाइएको बताए ।

उनले उपमहासचिव जनार्दन शर्माले पार्टी फटाउने भन्ने हल्ला फिँजाइएको भन्दै उक्त हल्ला गलत रहेको बताए । उनले पार्टी एकताबद्ध रहेको पनि बताए ।

हेर्नुस् भिडियाे 

‘पार्टी फुट्ने कुरा बिल्कुलै निराधार हो । पार्टी फुट्छ भनेर केही समयदेखि भनिरहेका छन् । होहल्ला, प्रचार धेरै भयो,’ अध्यक्ष दाहालले भने, ‘कतिपय सन्दर्भमा आशंका र भ्रम भए । यो बैठकसम्म आउँदा ती सबै भ्रम चिरिएका छन् । खासगरी कमरेड प्रभाकरले पार्टी फुटाउँछ भनेको जस्तो जो माहोल बनेको छ, त्यो बिल्कुलै गलत हो, हाम्रो पार्टी एकताबद्ध भएको छ र कमरेड प्रभाकरलगायतसँग जे आशंका गरिएको छ, गलत छ ।’

संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई पीडित केन्द्रित, पीडितमैत्री बनाउने सम्पूर्ण प्रयास गरिएको र यसले पीडितहरूको मागलाई, चाहनालाई राम्रोसँग सम्बोधन गरेको जिकिर उनले गरे । यसलाई दृढतापूर्वक कार्यान्वयनमा लैजान आवश्यक रहेको उनको भनाइ छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *