गट्ठाघरमा प्रहरी र स्थानीयबीच झडप, अश्रुग्यास प्रहार

भक्तपुरको गट्ठाघरमा ट्रकले स्कुटरलाई ठक्कर दिएर स्कुटर चालकको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ ।

दुर्घटनापछि आक्रोशित स्थानीय र सुरक्षाकर्मीबीच झडप भएको छ भने स्थिति नियन्त्रणका लागि प्रहरीले प्रदर्शनकारीलाई अश्रुग्यास प्रहार गरेको छ ।

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि स्थानीयले सडक अवरोध गरेका थिए । त्यस क्रममा प्रहरी र स्थानीयबीच ढुंगा हानाहान भएको थियो ।

प्रहरीले स्कुटर चालकको शव उठाएर त्रिवि शिक्षण अस्पताल लगेपछि तनावको स्थिति सिर्जना भएको थियो ।

प्रदर्शनकारीहरूले ट्राफिक आयरल्याण्ड जलाएपछि बल प्रयोग गर्नुपरेको प्रहरीले जनाएको छ ।

ट्रकका चालकको खोजी भइरहेको र घटनास्थलबाट ट्रकलाई हटाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एक अधिकारीले बताए ।

मृतक स्कुटर चालकको पहिचान भइसकेको छैन ।

कोटेश्वरबाट भक्तपुरतर्फ जाँदै गरेको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *