माओवादीलाई कांग्रेस सांसदको जवाफ : सरकार गयाे भनेर धङधङीमा नरहौं

राष्ट्रियसभामा नेपाली कांग्रेसका सांसद नारायणदत्त भट्टले देश रहरमा नचल्ने बताएका छन् ।

बिहीबारको राष्ट्रियसभा बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसदको सवालमा जवाफ दिँदै उनले देश कसैको रहरमा नभई कानुन र विधिअनुसार चल्ने बताए ।

उनले संविधान संशोधनको कुरा गर्दा मात्रै पनि ज्वरो आउनुपर्ने कारण नरहेको बताए । उनले सरकार गयो भन्ने धङधङीमा नरहन माओवादीलाई आग्रह गरे ।

उनले देश, जनता, मुलुक, राष्ट्र, राष्ट्रियताका पक्षधरहरू सबैको उद्देश्य जनताको सेवा गर्ने हुनुपर्ने बताए । विपद्मा परेकाहरूलाई उचित व्यवस्था गर्न पनि उनले सरकारसँग आग्रह गरे ।

‘हामी (माओवादी केन्द्र) धङधङीमा छौं । सरकार गयो । किन गयो ? कसका कारणले गयो ? म विनम्रताका साथ अनुरोध गर्न चाहन्छु, त्यसको कारक कांग्रेस नै हो कि हामी (माओवादी केन्द्र) पनि हौं,’ उनले भने, ‘यो देश रहरमा चल्छ ? आज देश, जनता, मुलुक, राष्ट्र, राष्ट्रियताका हामी पक्षधरहरू जो जहाँ भए पनि हामी सबैको भावना देश सेवा र जनताको सेवा गर्ने उद्देश्य होइन र ? हामी जहिल्यै पनि आरोप-प्रत्यारोपमा उत्रिने । बोल्न मन नलागेको विषयमा पनि प्रयास गर्नुपर्ने । आज देशमा विपत्ति छ, बाढी, पहिरो छ । ती जनताको व्यवस्था, अवस्था, बस्ने बसाइ, खानेकुरामा यो सरकारको ध्यान जाओस् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *