राष्ट्रिय परिचयपत्र सबै क्षेत्रमा लागू गरौं : सांसद शेर्पा

राष्ट्रियसभामा नेकपा (एमाले) का सांसद सोनाम गेल्जेन शेर्पाले राष्ट्रिय परिचयपत्रलाीई सबै क्षेत्रमा लागू गर्नुपर्ने बताएका छन् ।

बिहीबारको राष्ट्रियसभा बैठकमा उनले देशमा राष्ट्रिय परिचयपत्रको बारेमा धेरै प्रश्न उठ्ने गरेको बताए । उनले सरकारबाट गल्ती-कमजोरी भएको भए पनि त्यसमा सुधार गरेर अघि बढ्नुपर्ने बताए ।

उनले राष्ट्रिय परिचयपत्र लागू गर्दा निश्चित समय तोक्नुपर्ने बताए । उनले सामाजिक सुरक्षा भत्ताहरूमा हुने अनियमितता पनि राष्ट्रिय परिचयपत्र लागू भएपछि कम हुँदै गएको बताए । उनले राष्ट्रिय परिचयपत्र लागू गराउन सबैले पहलकदमी लिनुपर्ने बताए ।

‘देशमा राष्ट्रिय परिचयपत्रको बारेमा धेरै कुरा उठ्ने गरेको छ । सरकारबाट गल्ती-कमजोरी भएको छ । नेसनल आईडीलाई कुनै पनि ठाउँमा लागू गर्दा एक वर्ष वा डेढ वर्ष समय हुनुपर्छ,’ उनले भने, ‘तर आज यो देशमा नेसनल आईडी लागू भइसकेपछि देशले धेरै फाइदाहरू महसुस गर्नुपर्छ । हाम्रो देशमा जुन किसिमको वृद्धभत्तालगायतका सामाजिक सुरक्षा भत्ताहरू छन्, त्यो तीन-चार ठाउँमा नै लिने गरेको रहेछ । नेसनल आईडीमा जोड्न थाले पनि कुनै पनि व्यक्तिले लिँदा एक ठाउँ न्दा अर्को ठाउँमा लिन पाउँदैन ।’

सांसद शेर्पाले संविधान संशोधन प्रक्रियासम्मत हुनुपर्ने बताए । उनले सत्तामा बस्ने शासकहरूले विधिको शासन चलाउनुपर्ने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *