यातायात कार्यालयका कम्प्युटर अधिकृतविरूद्ध भ्रष्टाचार मुद्दा

यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, एकान्तकुनामा कार्यरत कम्प्युटर अधिकृत वासुदेव रेग्मीविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीविरूद्ध बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

रेग्मीले अभिलेख सच्चाई चालक अनुमतिपत्र नवीकरण गर्ने/गराउने प्रयोजनका लागि सेवाग्राहीसँग २० हजार रूपैयाँ घुस लिएको आरोप छ ।

प्रयोगात्मक परीक्षामा फेल भए पनि विवरणमा पास जनाएर उनले चालक अनुमतिपत्रमा वर्ग ‘बी’ थप गरिदिएको पाइएको अख्तियारले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *