झापामा नागरिकता बनाउनेभन्दा राहदानी लिने बढी

जिल्ला प्रशासन कार्यालय झापाबाट नागरिकताभन्दा राहदानी लिनेको सङ्ख्या ह्वात्त बढेको छ ।

आर्थिक वर्ष २०८०/८१ मा २५ हजार ४५५ जनाले राहदानी लिए भने १८ हजार ८२२ जनाले नागरिकता लिएका छन् ।

गत आवमा राहदानीबापत १४ करोड ७३ लाख ६७ हजार सात सय राज्यकोषमा दाखिला भएको छ । राहदानी लगायत अन्य सेवाबाट जिल्ला प्रशासन कार्यालयले १५ करोड ३० लाख ३९ हजार ४४४ सङ्कलन गरेको छ ।

यसैबीच उक्त कार्यालयले चालु तथा पुँजीगत खर्च तीन करोड ८६ लाख १६ हजार चार सय ५७ भएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *