भारत स्वतन्त्रता दिवसमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाको शुभकामना

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको ७८ औं स्वतन्त्रता दिवसका अवसरमा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुभकामना दिएका छन् । यस्तै सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समेत प्रधानमन्त्री मोदीलाई शुभकामना दिएका छन् ।

प्रधानमन्त्री ओली र सभापति देउवाले सामाजिक संजाल एक्स मार्फत शुभकामना दिएका हुन् ।

 

शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले ‘यस दिनले हाम्रा राष्ट्रहरू बीचको मित्रता र सहयोगको बन्धनलाई बलियो बनाओस्। नेपाल–भारत सम्बन्धलाई अगाडि बढाउने कामना,’ उल्लेख गरेका छन् ।

यस्तै सभापति देउवाले ‘हाम्रा दुई राष्ट्रबीचको मित्रताको बन्धन अझै मजबुत हुँदै जाओस्, र हाम्रा दुवै देशले समृद्धि र नयाँ उचाइ हासिल गरोस्’, भनी लेखेका छन् ।

भारतमा आज ७८ औं स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सन् १९४७ मा बेलायती उपनिवेशबाट मुक्त भएको दिनको सम्झनामा भारतमा हरेक वर्षको अगस्ट १५ तारिखका दिन स्वतन्त्रता दिवस मनाउने गरिन्छ ।

राष्ट्रपति द्रौपदी मुर्मुले स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा राष्ट्रका नाममा सम्बोधन गर्दै भारतको अर्थतन्त्रको प्रगतिको कामना गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीको ऐतिहासिक लालकिल्लाबाट ७८ औं स्वतन्त्रता दिवस मनाउन राष्ट्रको नेतृत्व गरेको भारतीय सञ्चारमाध्यमले बताएका छन् ।

अहिले लालकिल्लामा झन्डै ६ हजार जना विशेष अतिथिको सहभागिता भब्य समारोह चलिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *