राष्ट्रियसभाको बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दै छ। संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्दैछ। बैठक दिउँसो सवा १ बजेका लागि बोलाइएको छ।

आजको बैठकमा प्रधानमन्त्री, गृह, ऊर्जा र संस्कृतिमन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित लिखित प्रश्नको जवाफ टेबुल गर्ने सम्भावित कार्यसूची छ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, गृह र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *