भारतको ७८औँ स्वतन्त्रता दिवसमा छ हजार विशेष अतिथि

भारतको ७८ औँ स्वतन्त्रता दिवस समारोहमा ६ हजार विशेष अतिथि रहने भएका छन्।

बिहीबार दिल्लीको ऐतिहासिक लालकिल्लामा हुने कार्यक्रमको नेतृत्व प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नेछन्।

यो वर्षको स्वतन्त्रता दिवसको नारा ‘विकसित २ भारत २०४७’ छ। यो उत्सवले सन् २०४७ सम्ममा देशलाई विकसित राष्ट्रमा परिणत गर्ने सरकारको प्रयासलाई नयाँ बल प्रदान गर्ने मञ्चको रूपमा काम गर्ने बताइएको छ।

समारोहमा जनसहभागिता बढाउने उद्देश्यले यस वर्ष लालकिल्लामा मनाइने कार्यक्रममा करिब ६ हजार विशेष अतिथिलाई आमन्त्रण गरिएको छ।

कार्यक्रममा विभिन्न राज्य-केन्द्र शासित प्रदेशहरूका लगभग दुई हजार परम्परागत पोशाकमा सजिएका मानिसलाई पनि भव्य समारोहमा आमन्त्रित गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *