प्रहरीको सीआईडी हौं भन्दै रकम असुल गरेको आरोपमा दुई जना पक्राउ

प्रहरीको सीआईडी हौं भन्दै सर्वसाधरणलाई दुःखहैरानी दिएको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा कास्कीको पोखरा महानगरपालिका-१७, छोरेपाटन बस्ने ३२ वर्षीय सन्दीप श्रेष्ठ र सोही महानगरपालिका-७, माछापुच्छ्रे टोल बस्ने २६ वर्षीय सरोज थापा छन् ।

उनीहरूले आइतबार दिउँसो पोखरा महानगरपालिका-२, बाग्लुङ बसपार्कस्थित सार्वजनिक स्थानमा सादा पोसाकका प्रहरी हौं भनी सर्वसाधारण नागरिकहरूलाई शरीरको तलासी लिई चेकजाँचसमेत गर्ने, पैसा असुल गर्ने तथा कानुनी दायरामा ल्याउने भनी डरत्रास देखाएर अभद्र व्यवहार गरेको आरेप छ ।

यसबारे सूचना पाएपछि वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूविरूद्ध जिल्ला प्रशासन कार्यालय कास्कीबाट अभद्र व्यवहार मुद्दामा १० दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *