हिमालयन रिइन्स्योरेन्सको नाफा ९८ प्रतिशत बढ्यो

हिमालयन रिइन्स्योरेन्स कम्पनीले असार मसान्तसम्म १ अर्ब २८ करोड ३५ लाख ३३ हजार रूपैयाँ नाफा कमाएको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्षको नाफा ९७ दशमलव ६४ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ६४ करोड ९४ लाख २४ हजार रूपैयाँ नाफा कमाएको थियो ।

यो अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन ८२ दशमलव ७५ ले बढेर ५ अर्ब ४५ करोड ८४ लाख १८ हजार रूपैयाँ पुगेको छ । कम्पनीको कमिशनबाट हुने आय ४२ दशमलव ०८ प्रतिशतले बढेर १ अर्ब १४ करोड ६६ लाख २९ हजार रूपैयाँ छ ।

कम्पनीको चुक्ता पुँजी १० अर्ब ४० करोड रूपैयाँ रहेको छ भने रिटेन्ड अर्निङमा ५६ करोड ४३ लाख ४१ हजार रूपैयाँ छ । कम्पनीको प्रतिशेयर आम्दानी पनि १२ दशमलव ३४ रूपैयाँ र प्रतिशेयर नेटवर्थ १५४ दशमलव २६ रूपैयाँ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर