शान्ति प्रक्रियामा भूमिकाबापत राजालाई नोबेल पुरस्कारका लागि सिफारिस गर्नुपर्थ्यो : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउँदै गर्दा विगतको द्वन्द्वलाई बिर्सन नहुने बताएका हुन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले शान्ति प्रक्रियामा सबैलाई अटाएर लैजानुपर्ने बताए । उनले कसरी टुंग्याउने भन्ने कुरामा मात्रै छलफल हुँदा त्यसबेलाका पीडित पक्षलाई नछोइएको बताए ।

उनले द्वन्द्व कसका कारण र कसका लागि भयो भन्ने मुख्य कुरा रहेको भन्दै युद्ध गर्नेले जनयुद्ध भन्दा हुने तर सबैले भन्नुपर्छ भन्ने कुरा मान्य नहुने बताए । त्यस प्रकारको द्वन्द्व फेरि देशमा कहिल्यै दोहोरिन दिन नहुने उनले बताए ।

हेर्नुस् भिडियाे 

‘जब शान्ति प्रक्रियाको कुरा आउँछ, शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने कुरा गर्दछौं, त्यसबेला हामीले विगतको द्वन्द्वलाई बिर्सनु हुँदैन,’ उनले भने, ‘अहिले कसरी टुंग्याउने भन्ने कुरा मात्रै भइरहेको छ । त्यो द्वन्द्व कसका कारण भयो, कसका लागि भयो, त्यो भन्नलाई नाम दिनलाई जसले द्वन्द्वको नेतृत्व गर्‍याे, प्रत्यक्ष सामेल भयो, त्यसले जनयुद्ध भने हुन्छ । कसैले सशस्त्र विद्रोह, कसैले हिंसात्मक विद्रोह भने हुन्छ । तर हामीले यो कुरा बिर्सिनु हुँदैन कि त्यस प्रकारको द्वन्द्व फेरि देशमा कहिल्यै नदोहोरियोस् ।’

अध्यक्ष लिङ्देनले सम्झौताको एउटा पक्षमा तत्कालीन राजालाई स्मरण गर्नुपर्ने भए पनि नसम्झिएको भन्दै आपत्ति जनाए । शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने भूमिका खेलेबापत तत्कालीन राजालाई राजनीतिक दलहरूले नोबेल पुरस्कारका लागि सिफारिस गर्नुपर्ने उनले बताए । आफूले मौका पाउनेबित्तिकै अरूलाई बिर्सिन नहुने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *