लमजुङमा एक वृद्धाको हत्या

लमजुङमा एक जना वृद्धाको हत्या भएको छ । बेँसीशहर नगरपालिका-११, चिती बगैंचाकी अन्दाजी ६५ वर्षीया सान्नानी घर्तीको गएराति आफ्नै घरमा हत्या भएको हो ।

घरमा एक्लै बस्दै आएकी उनी आज बिहान काठमाडौं आउने भन्दै स्थानीय जीपलाई लमजुङको उदिपुरसम्म छाडिदिन भनेकी थिइन् । त्यसअनुसार जीप चालक बिहान उनलाई लिन जाँदा उनको शव आँगनमा लडिरहेको अवस्थामा फेला परेको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनको टाउको र अनुहारमा धारिलो हतियार प्रहार गरी हत्या भएको देखिएको छ ।

घरमा एक्लै बस्दै आएकी उनका छोरा विदेश छन् र बुहारी काठमाडौं बस्दै आएकी छन् ।

घटना सम्बन्धमा थप अनुसन्धानका लागि पोखराबाट तालिमप्राप्त कुकुरसहितको टोली बोलाइएको जिल्ला प्रहरी कार्यालय, लमजुङका एक प्रहरी अधिकारीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *