म्याग्दीमा बोलेरो भिरबाट खस्दा एक जना गम्भीर घाइते

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७, टिकोटमा रोकेर सामान राख्दै गरेकोे बोलेरो दुर्घटना हुँदा स्थानीय भीमबहादुर पुन सख्त घाइते भएका छन् । आज बिहान टिकोटबाट बेनीतर्फ जान लागेको ग १ ज ७९४५ नम्बरको बोलेरोे भिरालो सडकबाट पछाडि गुडेपछि भिरबाट खसेको थियो ।

बोलेरोसँगै खसेका पुनको गाउँमै प्राथमिक उपचार गरेर थप उपचारका लागि बेनी पठाइएको स्थानीय शिक्षक प्रदीप पुनले बताए । टिकोट गाउँको खेलमैदान नजिक बोलेरोमा चालक केशव पुन र स्थानीय कुमार पुनले सामान राख्दै गरेको समयमा भिरालो सडकमा गाडी पछाडि गुडेपछि दुर्घटना भएको थियो ।

सामान राख्दै गरेका दुवै जना र बोलेरोमा सवार स्थानीय वीरबहादुर गर्बुजा हाम फालेर बाहिर निस्किन सफल भएका थिए । उनीहरूलाई सामान्य चोटपटक लागेको र गाउँमै उपचार गरिएको छ ।

सडकमा बोलेरो रोकेर टायरमा ढुङ्गाको ओट लगाएको भए पनि एक्कासि पछाडि बगेपछि दुर्घटना भएको चालक पुनले बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *