ललितपुरको इमाडोलस्थित सडकमा पर्‍याे भ्वाङ

ललितपुरको महालक्ष्मी नगरपालिका-३, इमाडोलको बोझेपोखरी जाने सडक भासिएको छ ।

जिल्ला प्रहरी परिसर, ललितपुरका एक अधिकारीका अनुसार बुधबार बिहान सडकमा झन्डै तीन मिटरका दुईवटा भ्वाङ परेका छन् ।

गएरातिको वर्षाले सडकमा क्षति पुगेको बताइएको छ ।

सडक भासिएपछि अहिले यातायात आवागमन पूर्ण रूपमा बन्द गरिएको छ ।

यसअघि यही साउन २५ गते काठमाडौं महानगरपालिका कार्यालय नजिकको सडक पनि भासिएको थियो ।

सडक भासिएपछि अहिले दरबारमार्गस्थित महेन्द्र सालिकबाट कमलादीको कृष्ण पाउरोटी चोक निस्किने सडकखण्डमा यातायात सञ्चालन बन्द गरिएको छ ।

प्रतिक्रिया

One thought on “ललितपुरको इमाडोलस्थित सडकमा पर्‍याे भ्वाङ

  1. “गएरातिको वर्षाले सडकमा क्षति पुगेको बताइएको छ ।”

    नेपालीको आइ.क्यु. यहि हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *