पोर्चुगलमा राहदानी शिविरबाट ३८ सयबढी नेपालीले सेवा लिए

पोर्चुगलमा नेपाल सरकारले घुम्ती राहदानी शिविर सञ्चालन गरेको छ ।

गत अगस्ट २ बाट १३ सम्म राजधानी लिस्बनमा भएको शिविरमा परराष्ट्र मन्त्रालय काठमाडौं र फ्रान्सको पेरिस्थित नेपाली राजदूतावास कार्यालयबाट गएको टोलीले शिविर सञ्चालन गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

नाबालक, नवीकरण र हराएका गरेर ३८२९ राहदानी नवीकरण भएको छ । त्यसबाट ४ लाख ९१ हजार ५८० राजस्व उठेको छ ।

पछिल्लो समयमा युरोप छिर्ने गेट वेको रूपमा नेपालीहरू पोर्चुगल ठूलो सङ्ख्यामा गएका छन्। तर, नेपाली राजदूतावास खोल्ने निर्णय भने हालसालै मात्र भएको हो । २०८० कात्तिक २३ गते नेपालले पोर्चुगलमा दूतावास खोल्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *